जेठ पहिलो सातादेखि यार्सा गुम्बा संकलनको लागि वन खुला गरिने ,,
वैशाख १० , गमगढी -हिमाली क्षेत्रमा पाईने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन को लागि जेठ ५ गते बाट मुगुम कार्मारोङ गाउँपालिका क्षेत्रमा प्रवेशको लागि खुल्ला गरिने छ ।मुगुम कार्मारोङ गाउँपालिकाको चैत २६ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रमा पाइने यार्सा संकलन गर्न जिल्लाका बासिन्दा र बाहिरी जिल्लाबाट आउने सर्वसाधारणलाई खुला गर्न लागिएको हो ।स्थानिय वासिन्दाले १ हजार पाँच सय र बाहिरि जिल्लाबाट आउने संकलनकर्ताबाट २ हजार कर उठाउने मुगुम कार्मारोङ गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत गौरीकान्त चौलागाईंले जानकारी दिए ।
जेठ १ देखि ४ गतेसम्म वन प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले ५ गते बिहान वन प्रवेश गर्न पाउने छन् संकलनकर्ता हरु लाई जेठ ५ देखि आषाढ ५ गते सम्म यार्सा संकल गर्न दिईने छ , अबधि भरि संकलकहरुलाई कुनै असुरक्षा र अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरी र नेपाली प्रहरी परिचालन गरिने गाउँपालिकाले जानकारी दिएको छ ।
मुगुम कार्मारोङ गाउँपालिका २ मुगु गाउँको रिमार, ठूलोकोखी, स्यानो कोखी, चाल्ने, छापाखोला, हङदङ, सोही गाउँपालिको—१ मा रहेको से फोक्सुण्डो राष्ट्रिय निकुञ्जको वन क्षेत्र र वडा नम्बर ८ मह लेखमा सर्वसाधारणलाई यार्सा संकलनका लागि खुला गरिने र उक्त क्षेत्रबाट उठेको कुल रकममध्ये ३० प्रतिशत व्यवस्थापन खर्च ३० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत २ नम्बर वडाको विकासमा विनियोजित गरिनेछ ।
वडा नम्बर ८ महलेखबाट उठेको रकममध्ये १० प्रतिशत गाउँपालिका र बाँकी रकम वडाको विकासमा खर्च गरिने र वडा नम्बर २ मा रहेको से फोक्सुण्डो निकुञ्ज क्षेत्रबाट उठेको कुल रकमको १० प्रतिशत कार्मारोङ गाउँपालिकालाई छुट्याइनेछ ।