Gold
Bangad salyan

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक,

जेठ २५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।

बैठक सोमबार बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरि बोलाईएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे विवाद छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक बजेटमा एमसीसी घुसाएको भन्दै नेकपामा विवाद भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा छन् भने अध्यक्ष प्रचण्ड सहितका नेताहरुले एमसीसीबारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।