सार्वजनिक यातायातमा भाडा बढाएर संचालन गर्ने तयारि ,
जेठ २६ ,काठमान्डौ – सरकारले गत वर्षको चैत गतेबाट गरेको लकडाउन यो वर्षको जेठ ३२ गते सम्म जारि छ।
किसान व्यापार, उदोयोग व्यवसायीले लकडाउन तत्कालै नखोले उल्लघन गर्ने बताएपछि सरकारले खुकुलो बनाउने तयारी गरेको छ।
यो संगै यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरी निर्देशिका ल्याउने तयारी गरिरहेको छ ।
विभागका महानिर्देशक गोगबहादुर हमालका अनुसार आवश्यक सतर्ककता अपनाउने गरी छलफल भईरहेको र यातायात विभागले तयार पारेको निर्देशिका बनाएर सोहि अनुरुप सार्वजनिक सवारी सञ्चालनका लागि बाटो खुला गरिने बताए ।
तेस्तै मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ । नियम उल्लघन गरे कारबाही गरिने जसको लागि ट्राफिक प्रहरीले अनुगमन गरिने बताईएको छ।
सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने प्रस्ताव गरिएको छ भने सार्वजनिक यातायात चढ्ने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।
यातयात साधन पूर्ण रुपमा सफाई हुनुपर्ने डिस-इन्फेक्सन स्प्रे छर्किने सम्भव भएसम्म यात्रुको ज्वोरो नापेर मात्र यात्रा गरीने छ।
तेस्तै बस भित्र यात्रुले भाडा दिदा सम्भव भएसम्म भुक्तानी डिजटल (विद्युतीय) माध्यमबाट गर्ने, नत्र गाडी भित्र एउटा बाकस राखेर तोकेको भाडा तेस्मा खसाल्ने मापदण्ड गराउन लागिएको हो।
यसरि सवारी यातायातसाधन संचालन गर्दा भने गारो हुनेभएकोले भाडा बढाउनपर्ने देखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा महासचिव सरोज सिटौलाले बताए। व्यवसायीहरुले दुई वटा सुझाव दिएका छन् ।
पहिलो, हालको भाडादरमा बृद्धि गर्ने । दोस्रो, सरकारले व्यवसायीलाई अनुदान दिने । भाडा बढाउन नसक्ने हो सरकारले घाटा पूर्तिका लागि कम्पनीहरुलाई अनुदान दिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।
यस्तो अवस्थामा सरकार भने भाडा बढाउने गृहकार्यमा जुटेको छ । कहिलेबाट सार्वजनिक सवारी साधन सुचारु गर्ने भनेन बारे भने ठोस निर्णय भएको छैन। सरकार यातायात विभाग यो कार्यमा अजुतिरहेका छन्।

