लकडाउनको मोडालिटी तयार भोलिदेखि पसल खोलिने जोरविजोरमा सवारीसाधन ,
जेठ २८ ,काठमान्डौ – लामो समयको बन्दाबन्दिपछि नेपाल सरकारले लकडाउनलाई केहि मोडालिटी परिवर्तन गरेको छ।
जसको लागि पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
तेस्तै काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गरिने छ भने यो नियम भोलि देखिनै लागु हुने एक मन्त्रीले रंग दर्पणलाई बताए।
यो नियम सार्वजनिक सवारीसाधनमा भने लागु हुने छैन जसको लागि अहिलेनै कुनै जानकारी छैन तेस्तै विद्यालय, सिनेमा हल ,दोहोरिसाँझ ,होटेल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।
यसबारे भोलि सरकारले विस्तृत जानकारी दिने छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बाचा तथा रोकथाम नियन्त्रण गर्न नेपाल सरकारले गत वर्षको चैत ११ गतेबाट लकडाउन गरेको छ।
जसलाई विभिन्न चरणमा थप्दै जेठ ३२ गते सम्म पुर्याएको छ। सरकारले लकडाउन नखोले व्यवसायीले लकडाउन उल्लघन गर्ने चेतानी दिएपछि सरकारले केहि मोडालिटी तयार पारेको हो।

