Gold
Bangad salyan

प्रचण्ड र जनयुद्ध लडेका मन्त्रीले नदेखेको प्रथम शहीद दिलबहादुर रम्तेल स्मृति पार्क,

जेठ २९ ,गोरखा – आजा भन्दा दुई वर्ष पहिले फागुन १४ गते जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसमा क. प्रचण्ड नारायण काजी श्रेष्ठ, हितराज पान्डे, चुडामणि खड्का सहितको टिम हेलिकप्टर चडेर स्मृति दिवस तथा शहीद दिलबहादुर रम्तेल पार्क उदघाटन गर्न बारपाक सुलिकोट पन्द्रुङ पुगेर दिल बहादुर रम्तेल पार्क उदघाटन गरेका थिए ।

गाउँपालीका कार्यालय उद्घाटन गरेपछि सूर्यज्योत उच्च माविको जनसभा सम्बोधन गर्दै प्रचण्डले भनेका थिए।  जनयुद्धका प्रथम शहीद दिल बहादुर रम्तेलको स्मृति पार्क देशकै नमुना हुन्छ ।

जसको लागि म केन्द्रबाट बजेट विनियोजन गर्ने छु।जँहा एउटा नमुना पार्क बन्ने छ तेती मात्र हैन प्रचण्डले जनयुद्दका प्रथम शहिद दिल बहादुर रम्तेलका बुवा सेते रम्तेल ,आमा सेती रम्तेलसंग प्रतिबद्दता गरे स्थानीय पनि निकै खुसि देखिए।

सायद प्रचण्डलेले सोचे यसो नभने त कसो नहोला र आफ्नो प्रतिबदद्ता सकेर अन्य कार्यक्रममा जान हेलिकोप्टरको सयर गरेर गोरखाको अन्य ठाँउमा पुगे।

यो वर्षको आर्थिक बजेट विनियोजन हुन्छ र स्थानीयले पार्क गराउने ढुक्क थिए। तर गत वर्ष पनि परेन यो वर्ष पनि परेन यो कार्यले जनयुद्दका नाईके प्रचण्ड र जनयुद्द लडेका अन्य राजनीतिकदलका नेताहरु छन् ।

उनीहरुले जनयुद्दका पहिला सहिद जो नाबालक थिए, उनलाई सजिलै कसरि भुल्न सकेका हुन त्यो कसरि कल्पना गर्ने।

भाषण गर्दा भने दिल बहादुर रम्तेलको नाम लिने गरिन्छ उनको हत्याको घटनाको कुरा सुन्दा जो कोहि नागरिक होस् उसको रगतनै उम्लिनछ।

शहिदको नाममा सिन्को नभाँच्ने तर गित गाउदै हिड्नेलाई दिल बहादुर रम्तेलका शहिद परिवार बारपाक सुलिकोट गाउँपालीका सबै जन्तहरू अहिले आक्रोशित बनेका छन्।

जसले जनयुद्द लड्न सिकाए उनकै निम्ति मर्ने पहिला सहिद दिल बहादुर रम्तेललाई भुल्दै जाने हो भनेत जनयुद्दको नाम समेत कसरि लिने यो त लजास्पद हो ।

जसका कारण देशमा यति ठुलो परिवर्तन गणतन्त्र लोकतन्त्र,संघिय प्रदेश र स्थानिय सरकारको आभास सजिलै गरिएको छ।

यो परिवर्तन कुर्सि ,नेता बसी बसी खाने भनेको ति अबोध बालक रम्तेल ,बिधुवा भएकि महिला र टुहुरा छोरा छोरी बनाएर जाने सहिदहरु हुन्।

जनयुद्दका पहिला सहिद दिल बहादुर रम्तेलको क्षेत्रमा अहिले तिन तहको सरकार भएपछि बारपाक सुलिकोट गाउँपालीका अध्यक्ष बिष्णु भट्ट छन् ।

उनको पहलमा गाउँपालीकाको बजेटमा रम्तेल स्मृति पार्कलाई डोजर लगाएर सम्याउने सम्म भने भएको छ।

पाँच करोडको डीपीआरको खाडल छन् जसमा रम्तेल हैन पानि देखिन्छ जसले गर्दा सहिदको अपमान भएको महसुस हुन्छ।

जनयुद्दका पहिला शहिदको पार्क बनाउनु पर्छ भनेर सम्झाउने पानी जिल्लाका नेता कृष्ण धिताल र गाँउपालिका अध्यक्ष बिष्णु भट्टको पहल कदमीबाट सुरुवात् भएको हो।

आज सम्म केन्द्रिय बजेटबाट कुनै रकम विनियोज नगर्नु हिजो जनयुद्द लडेका मन्त्रि नेताहरुले कुनै पहल गरेनन।

पुर्व खेलकुद मन्त्रि दलजित श्रीपालीले वार्षिक दश लाख रास्ट्रिय दिल बहादुर रम्तेल कप भनेर बजेट विनियोजन गरेपनि अर्का खेलकुद मन्त्रि जगत बिकले बजेट कार्यक्रम काटेको देखिन्छ।

सम्झनामा गाँउपालिकाले आफ्नो बजेटमा भएपी भलिबल कप कार्यक्रम गरिरहेको छ। जनयुद्द लडेका अहिलेपनि पांच जना मन्त्रि छन् ।

,जनयुद्दको नाम गर्ने माओवादीको पहिलो अक्षर र देशव्यापी रुपमा बोल्ने सब्द र मौनधारण गर्ने दिल बहादुर रम्तेल पहिला शहिद हुन्।

किन कि उनि एक ईतिहास हुन् अहिले उनको नामलिने जनयुद्दका मन्त्रि नेतामा ध्यान जादैन र देखिदैनन यो दुर्भाग्यनै हो ।

जसको लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई आग्रह गरि तत्कालै बजेट विनियोजन गर्न र जनयुदका पहिला शहिदको नाम बचाउनु पर्ने देखिन्छ।