Gold
Bangad salyan

सरिता गिरीको संशोधन प्रस्ताव नियमावली विपरित सभामुखले खारेज गर्नसक्ने ,

जेठ ३१ ,काठमान्डौ – समाजवादी पार्टीकी सांसद सरिता गिरिले नेपालको नँया नक्सा अनुसार संविधानको निशान छाप परिवर्तन गर्न नहुने भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।

समाजवादी पार्टीले भने विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।पार्टीको निर्णय विपरित सरिता गिरीले संशोधन प्रस्ताव दर्ता गरिन् ।

गिरीले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको केही घण्टामै समाजवादी पार्टीले सांसद गिरीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।

नमाने कारबाही गर्ने चेतावनी पनि दियो । तर, गिरीले आफ्नो संशोधन फिर्ता लिएकी छैनन् । गिरीले दर्ता गरेको संशोधन सभामुखबाटै अस्वीकृत गर्ने प्रावधान छ।

, उनि समानुपातिक सांसद हुन् पार्टीले उनलाई जतिखेर पनि फिर्ता बोलाउन सक्छ। सबै दलहरूले संविधान संशोधन राष्ट्रियता र भौगोलिक अखण्डताका लागि भएकाले एकमत रहेको देखाउन सर्वसम्मतिले पारित गराउन खोजेका छन् ।

भारतले अतिक्रमण गरेको नेपाली भुमि कालापानी ,लिपुलेख ,लिम्पियाधुरा सहितको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको विधेयक प्रतिनिधिसभाबाट पारित हुँदैछ ।

सरिता गिरिले यो विषयको विपक्षिमा रिट दाएर गरेकी छिन समाजवादी पार्टीले भने सरकारलाई साथ् दिएको छ।

प्रतिनिधिसभाबाट पारित भएपछि संविधान संशोधन विधेयक राष्ट्रिय सभामा जानेछ । त्यहाँबाट पनि पारित भएपछि सभामुख सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनेछन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको विषयले संवैधानिक मान्यता प्राप्त गर्नेछ ।

भारतले लिपुलेक भएर सडक निर्माण गरेपछि नेपाल सरकारले नक्सा प्रकाशित गरेको थियो ।