महाकाली सन्धिमा राष्ट्रघात गर्नेहरुले माफी माग्नुपर्छ उपेन्द्र यादव ,
जेठ ३१ ,काठमान्डौ – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गर्नेहरुले माफी माग्नुपर्ने बताएका छन्।
लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैंमा अपमानजनक भएको बताए ।
तर काली (महाकाली) नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए ।
जसमा कांग्रेस र कम्युनिस्टका नेताहरुले माफी माग्नुपर्ने उनले बताए । माहाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने, जवाफ दिनुपर्यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडि किन हटेको ?
सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने समाजवादी पार्टीको निर्णय भएकोपानी यादवले बताए।

