प्रधानमन्त्री ओलीले संसदबाट बाहिरिदै भने अब भारतसंग वार्ता गर्छु ,
जेठ ३१ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारतसंग वार्ता अगाडी बढाइने बताएका छन्।
नेपालको भुमि भारतद्वारा अतिक्रमित लिम्पियाधुरा ,कालापानी ,लिपुलेख समेटिएको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब वार्ताको काम अघि बढ्ने बताएका हुन् ।
आज संघिय संसदबाट बाहिरिदै प्रधानमन्त्री ओलीले सबै दल राष्ट्रियताको पक्षमा एक जुट भएकोमा खुसि व्यक्त गरे। राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो ।
केहि माननीयहरु अनुपस्तिथ्त भएपनि विपक्षमा कोहि छैनन् सिंगो देशनै एक जुट हो अब भारतसंग वार्ता अगाडी बढ्छ।
निशान छाप सहितको नक्सा संसदमा संसोदन विधयक सर्बसम्मतले पारित भएको छ अब नेपाली भुमि फिर्ताको लागि वार्ता हुन्छ ओलीले भने।

