पर्वतमा पहिरो ५ जनाको शव फेला वेपत्ताको खोजि तिब्र ,
जेठ ३२ ,काठमान्डौ – पर्वतको कुश्मा नगरपालिका ३ मा गएराति गएको पहिरोमा परेर५ जनाको ज्यान गएको छ।
करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षपछि दुर्लुङस्थित काफलचौर माध्यमिक विद्यालय नजिकैको बस्तीमा पहिरो खसेको हो ।
३ जनाको शनिबार राति र २ जनाको आइतबार बिहान शव फेलापरेको हो । घटनामा झैँ चार जना वेपत्ता छन् उनीहरुको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले रंग दर्पणलाई बताए।
शनिबार ठुलो वर्षा भएको र अबेर सम्म वर्षा नरोकीएपछि हराईरहेकाको खोजिमा समस्या भएको पनि उनले बताए। अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित गरिएको छ ।
पहिरोपरि ५५ वर्षीय तुलबहादुर थापा, ५१ वर्षीय मिनकुमारी थापा, ८ वर्षीया विवसा थापा, ३० वर्षीया दिपा थापा र ३५ वर्षीया कमला बिकको ज्यान गएको छ ।
१४ वर्षीय सम्राट थापा, १६ वर्षीय विवेक थापा, १३ वर्षीय जेनिस बिक र ७ वर्षीय प्रनिस बिक अझै वेपत्त छन् ।

