Gold
Bangad salyan

क्वारेन्टाइनमा १७ दिन राखेर १ करोड २९ लाख को बिल पेश गरेर भुक्तानी ,

असार ३ ,काठमान्डौ – चीनमा कोरोनाको महामारी चलिरहेकोबेला नेपालमा एक जना पनि कोरोना संक्रमित थिएनन।

त्यो बेला विभिन्न देशमा कोरोना फैलिसकेको थियो ,चीनमा पढ्न गएका नेपालि विद्यार्थीले आफुलाई सरकारसंग उद्दारको माग गरेपछि सरकारले गत फागुन ४ मा उद्दार गरि भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखेको थियो।

उनीहरु १ सय ७५ जना १७ दिन बसेका थिए ,जसको जिम्मा सरकारले नेपालि सेनालाई दिएको थियो। अहिले तिनै ब्याक्तिको खान औषधि भनेर सेनाले १ करोड २८ लाख ९९ हजार ४ सय ३३ को बिल पेश गरेको छ जँहा कसैले पनि औषधि नखाएको बताएका छन् ।

क्वारेईनटाईनमा स्वास्थ्य उपचारका लागि सेनाकै छाउनी अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।

दुईपटक पीसीआर गर्दापनि सबैलाई रिपोर्ट नेगेटिभ देखिएपछि घरतर्फ पठाईएको थियो। क्वारेईन टाईनमा बसेका कोहिपनि बिरामी भएनन औषधिपनि खाएनन बसेकाहरुलेपनि आफुहरुले कुनै औषधि नखाएको बताउछन ।

सेनाले भने उनीहरूका लागि औषधि खरिद गरेको भन्दै सरकारबाट ७३ लाख ९८ रुपैयाँ भुक्तानी लिएको छ ।

यसअनुसार १७ दिनमा प्रतिव्यक्ति ४२ हजार २ सय ७४ रुपैयाँ २८ पैसा औषधिमा खर्च भएको देखिन्छ । प्रतिदिन हिसाब निकाल्दा एक जनाको २ हजार ४ सय ८६ रुपैयाँ ७२ पैसा औषधिमा खर्च देखाइएको छ ।

यो खर्च अस्पतालमा उपचार गर्न बसेको भन्दा बढी भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरू नै आश्चर्यमा परेका छन् ।

औषधि उपचारको नाममा कोठामा दुईवटा साबुन ,एक सय एमएलको सेनिटाइजर, कोठा सफा गर्न पाँच लिटर सोडियम हाइपरक्लोराइड र हरेक दिन एउटा सर्जिकल मास्क उपलब्ध गराइएको थियो ।

१७५ जनामा एक जनालाई बान्ता भएको थियो त्यो बेला जिबनजल र सिटामोल बाहेक केहि दिएन क्वारेईनटाईनमा बसेका एक युवाले भने।

औषधि संगै सेनाले १७५ जनाले १७ दिनमा खाएको खान खर्च ५५ लाख १ हजार ४ सय ३३ रुपैयाँ निकालेको छ यो पनि अपतिर्यालो छ ,सबैलाई थापाथलीको कार्की पार्टी प्यालेसबाट उनीहरूलाई खाना खुवाइएको थियो ।

१७ दिनमा प्रतिव्यक्ति ३१ हजार ४ सय ३६ रुपैयाँ ७६ पैसा र दिनको १८ हजार ४९ रुपैयाँ २२ पैसा खाना खर्च भएको सेनाले जनाएको छ ।

जुन खाना पाँच तारे होटलमा खाना खुवाएकै जत्तिको खर्च भयो,’ जिल्ला संकट व्यवस्थापन केन्द्र भक्तपुरका एक सदस्यले भने, ‘पत्याउनै नसक्ने खर्च केमा गरियो होला ? हामी पनि नियमित गइरहेकै हुन्थ्यौं ।

यतिको खर्च हुने गरी केही गरेजस्तो लाग्दैन । क्वारेन्टाइनमा बसेकालाई क्याटरिङले सादा खानाको ४ सय, मटन ७ सय, चिकेन ५ सय ५०, खाजा चिया १ सय २५ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो ।

उनीहरूको खाना र उपचार खर्चमा १ करोड २८ लाख ९९ हजार ४ सय ३३ रुपैयाँ खर्च भएको नेपाली सेनाले जनाएको छ । उनीहरूलाई १७ दिन क्वारेन्टाइनमा राखिएको थियो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले क्वारेन्टाइनमा बसेकालाई खानाको व्यवस्थापन गर्न सरकारले बजेट उपलब्ध गराएपछि सूर्यविनायकको गणलाई निकासा दिएको बताए ।

खर्च कुन शीषर्कमा कति भएको हो ? यसबारेमा जानकारी छैन । खर्च गर्नेसँग बुझेर मात्रै भन्न सक्छु, उनले भने ।