राष्ट्रपतिद् भण्डारीद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण,
असार ४ ,काठमान्डौ – लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतको क्षेत्र समेटीएको नेपालको नयाँ राजनीतिक निशान छाप नक्साले वैधानिकता पाएको छ।
विहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा २७४ को उपधारा( १०) बमोजिम लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप राख्न गरिएको संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रमाणित गरेर उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएको थियो ।
सरकारले जेठ ५ गते लिम्पियाधुरा सहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषदबाट पास गरेको थियो ।
उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते र राष्ट्रियसभाबाट बिहीबार सर्वसम्मतिले पारित भएको थियो ।
त्यसपछि राष्ट्रिय सभाले उक्त विधेयक पारित भएको सूचना प्रतिनिधिसभा जानकारी गराएको थियो ।


