Gold
Bangad salyan

सुर्खेत प्रदेश अस्पतालमा एक जना कोरोना संक्रमितको निधन ,

असार ९ ,सुर्खेत – कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको निधन भएको छ।

दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरूषको सोमबार राति ९ बजे निधन भएको अस्पतालले जनाएको हो।

असार ३ गते उपचारको लागि अस्पतालमा भर्ना भएका उनीमाथी परिक्षणको क्रममा ४ गते संक्रमण पुष्टि देखिएको थियो।

पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालमा सिफ्ट गरेर उपचार गरिरहेकोबेला सोमबार उनको डेथ भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए।

उनका अनुसार ति ब्याक्ति क्षयरोगका बिरामी थिए ,उनको शव नेपालीसेनाले सुर्खेतमानै अन्तेस्टि गर्ने छ।

निधन भएका ब्याक्तिको श्रीमती संगै अस्पताल आएको र अस्पतालले उनको तिन पटक सम्म पीसीआर परिक्षण गर्दापनि रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।