ट्याक्सीमा अन्लाईन बुकिङ्, पहेलो कलर , अनि पोशाक अनिवार्य ,,

वैशाख, १३ काठमाडौं- सरकारले सार्वजनिक यातायातलाई साउन मसान्तसम्म कम्पनीमा जान अनिवार्य गरेलगत्तै ट्याक्सीमा पनि कडाइ गर्न लगिएको हो ।

काठमान्डौ चल्ने अधिकांस ट्याक्सीहरुले आफ्नो मन मर्जी तरिकाले भाडा लैजाने गरेको धेरै गुनासो आउछ,। यो सबैले अनुभव गरेको कुरा पनि हो। , मिटर बाट हिड्ने केहि सिमित ट्याक्सी मात्र छन्। तैपनि हल्का हेर्दिनु होला , थप्दिनु होला भन्ने को कमि छैन ,।

कति ट्याक्सी हरु त भने जति पैसा नदिय ग्राहक लियर नजाने गरेको पनि बुजिंछ। , अब देखि यस्तो समस्या आउन नदिन सरकारले प्रतेक ट्याक्सीमा अनिवार्य रुपमा अनलाइन बुकिङ सिस्टममा  लैजाने तयारि गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले अब ट्याक्सी व्यवसायीलाई पनि अनलाइन सर्भिस बुकिङ सिस्टममा जान अनिवार्य गरिने बताए । उनका अनुसार यात्रुलाई सरल तथा तोकिएकै भाडामा यात्रा गर्ने वातावरण तयार गर्न ट्याक्सी सेवामा सुधारको योजना बनाइएको हो ।

ट्याक्सी चालकले पहेलो रंगले लेख्न पर्ने, साथै पोशाक अनिवार्य रुपमा लगाउन पर्ने, अनिवार्य बिलिंग को बेबस्था गर्न पर्ने ,छ। अलग -अलग रंगले लेख्दा यात्रु झुक्किने गर्दछन , यस्तो हुन नदिन सबैले पहेलो कलर प्रयोग गर्न पर्ने महानिर्देशक भट्टराईले बताएका छन्।

अहिले ट्याक्सी व्यवसायीहरुको पनि फरक-फरक संघ छन् । अब यातायातसम्वद्ध कुनै संघसंस्था नवीकरण नहुने भएकाले ट्याक्सी व्यवसायीहरुलाई साउनसम्म अनिवार्य रुपमा कम्पनीमा जानुपर्ने अवस्था छ । यही मौकामा मिटर बिलिङ र अनलाइन बुकिङ लागू गर्न सके सफल हुने सरकारको बुझाइ छ ।

यसबारे छलफल गर्न ट्याक्सी ब्यावसायीहरुलाई बिहीबार विभागमा बोलाइएको छ । व्यवसायीसँग अनलाइनमा जाने समयसीमा मागिने भट्टराईले जानकारी दिए ।