Gold
Bangad salyan

कोरोना संक्रमित धान रोप्दै गाँउमा पुगेर समुदायमा घुलमिल घुमघाम ,

असार १२ ,काठमान्डौ – कञ्‍चनपुरको कृष्णपुर नगरपालिका,३ का पाँचजना कोरोना संक्रमित खेतमा धान रोपिरहेका थिए ।

उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको वडानम्बर ३ का वडाध्यक्ष सुन्दर चौधरीले जानकारी दिए ।

जेठ १८ गते भारतको विभिन्न स्थानबाट आएका उनीहरुको आरडिटि जाँच नगरी पीसीआर गरिएको थियो।गाउँमा रोपाइँ भएको पाँचैजना पुरुषहरु खेतमा धान रोपिरहेको स्थानीयले बताए ।

वडाध्यक्ष चौधरीका अनुसार भने अहिले उनीहरुलाई ल्याएर क्वारेईनटाईनमा राखीएको र छिट्टै बण्डमा रहेको आइसोलेसनमा पठाउने तयारि भईरहेको छ।

यसअघि भारतबाट आएर विभिन्‍न क्‍वारेन्टाइनमा बसेका कृष्णपुर नगरपालिकाका आरडीटी पोजेटिभ देखिएका २५३ जनामध्ये १३६ लाई घर पठाइएको थियो ।

१३६ मा शुक्रबार २८ जनालाई पीसीआर पोजेटिभ देखिएको छ । क्वारेइन्नटाईन राख्ने ठाँउ नभएको भन्दै उनीहरुको पीसीआर रिपोर्ट नआउँदै नगरपालिकाको आदेशमा घर पठाईएको समेत जानकारी हुन आएको छ।

वडालाई निर्देशन दिएपछि उनीहरुलाई घर पठाइयो । उनीहरुलाई पीसीआरको नतिजा नआन्जेलसम्म क्‍वारेन्टाइनमै राख्‍नुपर्थ्यो ।

अब उनीहरु घर गइसकेपछि घरमा बसेर गाउँमा घुलमिल भइसकेका छन् । नगरपालिकाको लापरबाहीका कारण सिंगो गाउँ नै कोरोनाको जोखिममा परेको छ ।

आरडीटी पोजेटिभ आएका २५३ जनालाई पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये बुधबार ६८ जना, बिहीबार ४० जना र शुक्रबार २८ जनामा पीसीआर पोजेटिभ आएको छ ।