Gold
Bangad salyan

कोरोना संगै सलहको महामारी नेपालका ५२ जिल्लामा पुग्यो ,

असार १९ ,काठमान्डौ – नेपालमा अहिले कोरोना संक्रमणको महामारी छ ,संग संगै सलहको महामारी बढेको छ।

हाल सम्म नेपालका ५२ जिल्लमा सलह फैलीएको बताईएको छ। यो भन्दा अगाडी अफ्रिकी मुलुक पाकिस्तान ,भारतमा फैलीएको सलह अहिले नेपालमा प्रवेश गरेको छ।

सलहले दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको छ । सलहले मकै, तरकारी, फलफूल र भटमास गरी ती जिल्लामा मात्रै करिब १८ सय माथि हेक्टरमा क्षति पुर्‍याएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रले जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहको समन्वयमा अन्य जिल्लाको क्षतिको विवरण संकलन गरिरहेको बताएको छ ।

अन्य जिल्लामा सलह बसेपनि क्षति भने गरेको छैन ,खेत बारीमा सलह बसेपनि छरीएर बसेको हुनाले क्षति नभएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए।

सबैभन्दा बढी सलहले दाङ्ग र प्युठानमा क्षति पुर्याएको छ भने अन्य जिल्लमा यो क्षेत्रभन्दा २० प्रतिशत स्क्षति गरेको छ।

सलह नेपालमा नरहने र बिस्तारै केहि सलह भारत तर्फा लागेको हुनाले किसानलाई नातिन्न सरकारले आग्रह गरेको छ।

सलहको विषयमा कृषि ज्ञान केन्द्र, जिल्ला एवं स्थानीय तहबाट थप अध्ययन र विवरण संकलन भइरहेको रामकृष्ण सुवेदीले बताए । सलह पुगेको जिल्लमा किसान भने आतीएका छन्।