surkhet

स्वास्थ्य सामग्री खरिद प्रकरणमा तानिए उपप्रधानमन्त्री पोखरेल,

surkhet

असार ३१ ,काठमान्डौ – विवादित स्वास्थ्य सामग्री अनियमितता खरिद प्रकरणको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल तानिएका छन् ।

कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशन अनुसार हतारमा खरिद प्रक्रिया अघि बढाउनुपरेको बताएपछि संसद्को सार्वजनिक लेखा समितिले पोख्रेललाई बोलाएको हो।

कागजी रूपमा नीतिगत निर्णयमा मात्रै संलग्न भएका उपप्रधानमन्त्री पोखरेललाई मंगलबार भएको लेखा समितिको बैठकमा प्रमुख तीन अधिकारीले तानेका हुन् । स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल यसअघि नै औषधि खरिदको अनियमिततामा जोडीसकेका छन् ।

Dailekh

तत्कालीन स्वास्थ्य सचिव यादव कोइरालाले गत चैत ११ गते उच्चस्तरीय समन्वय समितिबाट निर्देशन प्राप्त भएअनुसार प्रक्रिया अघि बढेको बताएका छन् ।

उनले उच्चस्तरीय समितिकै निर्देशनमा वार्ता टोली गठन गरि हतार,हतारमा मन्त्रीज्यूले सूचना जारी गरि खरिद भयो उनले भने ।

Gorkha

स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठले पनि उच्चस्तरीय समितिले तत्काल खरिद गर्न निर्देशन दिएकाले स्रोत र सामानको दर यकिन नहुँदासमेत खरिद प्रक्रिया अघि बढाइएको उनले स्विकार गरे ।

खरिदमा संलग्न भएका कारण आलोचित स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीले पनि समितिको निर्देशनका कारण हतारमा खरिद गर्नुपरेको र त्यसैले गर्दा आफू संलग्न भएको बताएका छन् ।

नेपालमा कोरोना भाईरसको कारण देखाएर स्वास्थ्य सामग्रीमा अनियमितता भएको पाईएको र बजार भाउभन्दा डबल त्रिबल पैसामा सामान खरिद गरेपछि चौतर्फी विरोध भएको छ ,जसमा प्रधानमन्त्री ओलीलाई समेत मुछेर विरोध भएको थियो।

प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्रीको ठेक्का आफ्नो नहुने र आफ्नो मातहातमा नपर्ने भन्दै संसदमा जवाफ दिएका थिए।

यदि यस्तो महामारीको बेला स्वास्थ्य सामग्रीमा कसैलेपनि भ्रस्टाचार गरेको पाईमा कारबाही हुने बताएका थिए।

salyan