surkhet

स्वीस बैङ्कमा प्रधानमन्त्री ओलीको साढे ५ मिलियन डलर रहेको समाचार झुटो हो ,

surkhet

असार ३१ ,काठमान्डौ – प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैङ्कको खातामा साढे ५ मिलियन अमेरिकी डलर रहेको रिर्पोट तथाकथित र कपोलकल्पित भएको बताएका छन् ।

तेस्तै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूकाे रवैया खेदजनक भएकोपानी थापाले आफ्नो सामाजिक संजालमा लेखेका छन्।

Gorkha

राष्ट्रिय हितकाे रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनकाे साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशाेधनजस्ताे महत्वपूर्ण निर्णयमा सिंगाे राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रकाे नेतृत्व सम्हालिरहनु भएकाे निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियाेजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेकाे समेत थापाले दाबी गरे।

Dailekh

उनले यस्ता दुष्प्रचारकाे भ्रममा नपर्न पनि आम नेपाली हरुमा हार्दिक आह्वान गरेका छन् । सम्बन्धित निकायहरूले पत्रकारिताकाे न्यूनतम जवाफदेहिता,जिम्मेवारीबाेध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न समेत उनले माग गरेका छन्।

salyan