रुकुम पश्चिम जातियताका कारण मारीएका पिडित परिवारलाई कैलालीबाट राम बहादुरको ३५ हजार आर्थिक सहयोग ,

साउन २ ,रुकुम पश्चिम – रुकुम पश्चिम सोती ८ मा जाजरकोट भेरी नगरपालिकाका नवराज विक सहित ६ जनाको जातियताका कारण हत्या गरिएको घटना ताजै छ।

उक्त घटनाका पिडित परिवारलाई धनगढी कैलालीका राम बहादुर विकले रु ३५ हजार १ सय सहयोग गरेका छन्।

उक्त रकम रुकुम चौरजाहारी नगरपालिका वडान ३ उत्पीडित युवा मन्च र रंग दर्पणका रिपोटर सर्जन बिसीले पिडित परिवारलाई प्रति व्याक्ति रु ५८५० क दरले वितरण गरेका हुन् ।

 

गत जेठ १० गते रुकुम पश्चिमको सोती ८ मा जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको ज्यान गएको थियो । घटनामा संलग्न ३४ जनालाई पक्राउ गरि अदालतमा पेश गरिएको छ।

उनीहरु सबैको शव भेरी नदीमा अफेला परेको थियो। घटनाको छानबिनमा प्रेममा जातीयताको कारण देखाई हत्या गरेको खुल्न आएको हो।