Gold
Bangad salyan

भोलि देखि भारि बर्षाको सम्भावना ,

साउन ११ ,काठमान्डौ – सोमबार देखि मौसम पुन: सक्रिय हुने भएको छ

। हाल नेपालमा मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

अहिएल पनि मुलुकका विभिन्न स्थानमा वर्षा भईरहेको छ ,बाढीले थुप्रै धन जनको क्षति गरेको छ भने सयौको ज्यान लिएको छ कतिपय बाढी पहिरोमा वेपत्ता भएका हरुको अझै शव फेला परेको छैन ।

तेस्तै न्यून चापीय रेखा नेपाल नजिक पर्दा मनसुनी वर्षाले नदीमा अपनिको बाहावा बढेका छन् ,नेपालका ठुला नदि कोशी ,नारायणी ,कर्णालीले गर्दा स्थानीय नजिक बसोबास गर्नेहरुको उठिबास छ।

यसपटक आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसमविज्ञानले जनाएको छ।

उक्त मौसम केहि दिन सम्म सक्रिय रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

यो वर्ष देशभर बाढी, पहिरो र चट्याङका कारण १४१ जनाको मृत्यु भइसकेको छ।

तीमध्ये सबभन्दा बढी पहिरोले मात्रै १२६ जनाको ज्यान लियो भने ४४ अझै बेपत्ता छन्।