Gold
Bangad salyan

प्रेम सञ्जेलले आफूहरुमाथि यौन हिंसा गरेपछि कुटपिट गरेको खुलासा ,

साउन १८ ,काठमान्डौ – श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल आफूहरुमाथि यौन हिंसा गरेपछि कुटपिट गरिएको दुवै कर्मचारीले प्रहरी समक्ष सामु बायाँ दिएका छन्।

दुबैले ओरेक नेपाल नामक संस्थामा आफूहरुलाई सञ्जेलले यौन दुर्व्यवहार गरेको गुनासो गरेका थिए ।

शनिबार सञ्जेलमाथि कुटपिट गरेपछि दुई महिलाको तर्फबाट यौन दुर्व्यवहारको जाहेरी दर्ता गराउन ओरेकले पहल गरेको थियो ।

तर प्रहरीले आरोप प्रमाणित हुने आधार नहुने भन्दै दर्ता नगरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

खड्का अनुसार पहिलेनै आएर उजुरी दिएको भए खोजतलास छानबिन हुन्थ्यो ,कुटपिट गरेर पक्राउपछि मात्र उँहाहरुले आरोप लगाउनुभयो ,यो प्रमाणित नभई आरोप लगाएको जस्तो देखियो।

उपसचिव सञ्जेल भरस्टचारविरुद्द खुलेर त बोल्छन तर उनले छाडा र फोहोर शब्द प्रयोग गरेको पाईन्छ।

उपसचिव सञ्जेलमाथि शनिबार कार्यकक्षमा आफ्नै करारका दुई महिला कर्मचारीले कुटपिट गरेका थिए ।