Gold
Bangad salyan

आज थप ५९४ जना कोरोनाका संक्रमित थपिए ,२४० डिस्चार्ज ,

साउन ३० ,काठमान्डौ – नेपालमा आज थप ५९४ जना कोरोना भाईरसका संक्रमित थपिएका छन्।

देशभरका ३९ वटा ल्याबमा गरिएको परिक्षणमा यो संख्या फेला परेको हो। यो संगै कुल कोरोनाको संख्या २५ हजार ५५१ पुगेको छ भने स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घन्टामा ११ हजार ४७५ जनाको पीसीआर परिक्षण गरिएको छ।

विगत २४ घन्टामा कोरोना जित्ने २४० जना रहेका छन् भने हाल सम्म कोरोनालाई जित्नेको संख्या १७ हजार ७७ पुगेको छ।

नेपालको विभिन्न क्वारेइन्नटाईनमा १४ हजार ६३८ जना रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

तेस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ जसमा ७७ जना पुरुष र २२ महिला छन्।