जेठ बाट रिलिज हुने फ्लिमलाई दोधार ,निर्माण संघ आन्दोलनको तयारीमा ,,

वैशाख २० ,, अहिले जताततै फ्लिम रिलिज को होड बाजी चलेको छ। केहि दिन मात्र एक महिनमा करिब ५,६ ओटा चलचित्र सम्म हलमा प्रदर्शन भय ।

कतिले नाफा कामय त कतिले लगानी उठाउन समेत गारो भयो। , तर आँउदो जेठ बाट रिलिज हुने चलचित्रको लागि के गर्ने भन्ने अन्यौल छ।

जेठ २ गते बाट चलचित्र निर्माण संघले चलचित्र प्रदर्शन रोक्ने चेतावानी दियको छ। , संघले आन्दोलनको मनसाय गरे पछि जेठमा रिलिज हुने चलचित्र अफटेरोमा परेका छन्।

चलचित्र निर्माता संघले शेयर बाँडफाँडको बिषयलाई लिएर बार्तासँगै आन्दोलनको कार्यक्रम पनि अगाडि बढाइरहेको छ । जेठ १ गतेसम्म चलचित्र संघले मागको सुनुवाई नगरेको खण्डमा जेठ २ गतेबाट चलचित्र प्रदर्शन रोक्ने उनीहरुको अडान छ ।

जेठ ४ गते रिलिज हुन लागेको चलचित्र हैरान , ११ गते ब्ल्याक र १८ गते रिलिज हुन लागेको भैरे, अनि बेबी आई लभ यु ,,का निर्माता हरु सबै अन्यौलमा छन् ।, ४ गते र ११ मा रिलिज हुन लागेको चलचित्रको प्रचार प्रचार तिब्र पारीयको छ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार ‘आन्दोलन भएपनि, नभएपनि हामी जेठमा प्रदर्शन तोकिएका चलचित्रको रिलिजलाई प्राथमिकता दिन्छौ ।

चलचित्र निर्माता संघ र संघवीच बार्ता शुरु भयको छैन ।, रिलिज मिति तोकियका चलचित्रलाई हामि प्राथामिकता दिने छौ। यसमा दुवै पक्ष सहमत मा हुनुहुन्छ र हाम्रो बार्ता पनि चलिरहेको छ।