आजपनि थप ६८१ जना कोरोना संक्रमित थपिए ,मृतक ६ जना थपिए ,
भदौ ३ ,काठमान्डौ – आज थप ६८१ जना कोरोना संक्रमणका बिरामी फेला परेका छन्। ति मध्ये ४६६ पुरुष छन् भने २१५ महिला रहेका छन् ।
मन्त्रालयले विभिन्न प्रयोगशालामा गरेको ११ हजार ५२२ पीसीआर परिक्षणमा यी संक्रमित थपिए पछि कुल २८ हजार ९३८ पुगेको हो ।
पछिल्लो २४ घन्टामा जना डिस्चार्ज भएपछि कोरोनाबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ।
अहिले क्वारेईनटाइनमा १३ हजार ५७१ जना बसिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तेस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ यो संगै कोरोनाबाट मर्नेको संख्या १२० पुगेको हो।

