भदौ १६ बाट अन्तराट्रिय उडान सुरु गर्ने सरकारको निर्णय ,
भदौ ५ ,भदौ – यो महिनाको १६ गतेबाट अन्तराट्रिय उडान सुरु गर्ने सरकारले निर्णय गरेको छ। हिजो बिहिबार बसेको मन्त्रीपरिषको बैठकले पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो ।
पिसिआर टेष्ट नभएको मुलुकमा भने यो निर्णय लागु हुने छैन। पिसिआर टेष्ट नेगेटिभ आएको ७२ घण्टा अवधीका यात्रु मात्र विमानबाट आउन पाउने छन् ।
पिसिआर टेष्ट सहज नभएका देशहरु जस्तै साउदी अरब, कतार ,कुवेतबाट भने नियमित उडान नहुने भएको छ । कुनदेशबाट कति याति ल्याउने भन्ने बारे भने पर्यटन मन्त्रालयले तालिका प्रकाशन गर्ने जानकारी गरेको छ।
कुटनीतिक नियोगको संयोजनमा चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ ।नेपालमा स्वास्थ्य परिक्षण गरेपछि कम्तिमा १४ दिन सम्म घरमा अलगै बस्नुपर्ने छ।
उडानमा दैनिक ५ सय भन्दा बढी यात्रु ल्याउन नमिल्ने संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले निर्णय गरेको हो भने नियमित उडानमा कुटनीतिक नियोगका अधिकारी र अत्यावश्यक काम परेका नेपाली नियमित उडानमा आउन सक्नेछन् ।
तेस्तै गत मंगलबार युएईको विमानस्थलमा रोकीएका १६२ जना नेपालिलाई आउँदो मंगलबार ल्याईने भएको छ ।

