कोरोनाबाट आज पनि ८ जनाको मृ त्यु हाल कुल १८३ जनाको निधन ,
भदौ ११ ,काठमान्डौ – विगत २४ घन्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। जसमा ५ महिला र ३ पुरुष छन्।
ललितपुरमा ६५ वर्षीय एक महिला ,बारामा २३ वर्षीय महिला ,कास्कीको ३२ वर्षीय महिला ,रुपन्देहीमा ७० वर्षीय एक महिला र बाँकेमा ७० वर्षीय महिलाको कोभिड १९ का कारण निधन भएको हो।
तेस्तै काठमान्डौमा ४८ वर्षका एक पुरुष ,पर्साको ६२ वर्षीय पुरुष र कपिलवस्तुमा ५० वर्षका एक पुरुषकोमृत्यु भएको छ।
यो संगै नेपालमा १८३ जनाको मृत्यु भएको हो यो कुल मृतक संख्यामा ०.५२ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
लक्षण देखानपरेका कोरोना संक्रमित घरकै आईसोलेसनमा रहन सक्ने र थप लक्षण फेला परेका संक्रमित बिरामी कोभिड अस्पतालमा उपचार गराउनुहुन समेत मन्त्रालयले जानकारी गरेको छ।
विश्वम भईरहेको कोरोना खोपको नेपालले पनि अध्यन गरिरहेको र थप नँया अनुसन्धान गरिरहेको समत मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानाकरी दिए।

