आज थप १२२१ जना कोरोना संक्रमित थपिए,कुल संख्या ३९ हजार नजिक ,
भदौ १४ ,काठमान्डौ – आज थप १२२१ जना कोरोना संक्रमित थपिएपछि कुल कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।
आज सम्म देशभर १७५१८ सक्रिय कोरोना संक्रमिको उपचार भईरहेको छ, जसमा संस्थागत आईसोलेसन १०६१२ ,छन् भने ६९०६ होम आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाए को छ।
तेस्तै पछिल्लो २४ घन्टामा १२ हजार ७७१ जनाको पीसीआर परिक्षण भएको छ। हाल देशभर ७ हजार ७९७ जना क्वारिनटिनमा रहेका छन् भने ,पछिल्लो समय २६७ जना डिस्चार्ज भएका छन् यो संगै कुल निको हुनेको संख्या २० हजार ८२२ रहेको छ।

