वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित ४ बजे सपथ ,
असोज १ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो।
मनोनित गरेसँगै बिहीबार ४ बजे गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिने तयारी भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस संयोजक अशोक पौडेलले बताए ।


