Gold

कुश्मामा एक घर एक रोजगार कार्यक्रम सुरु ,,

Naumule Migrate

वैशाख २७ , कुुस्मा – पर्वतलाई नेपालकै नमुुनाका रूपमा बनाउने उदेश्यले ‘एक घर एक रोजगार’कार्यक्रम अन्तर्गत स्वयंसेवक परिचालन कार्यक्रम सुुरु भएको छ।

पर्वतको महाशिला गाउँपालिकाले साढे तीन सयभन्दा बढी स्वयंसेवकलाई औपचारिक रूपमा गाउँको विकासका लागि परिचालन गरियको हो। गाउँका बेरोजगार युुवालाई स्थानीय स्तरमै स्वरोजगार उपलब्ध गराउने र गाउँको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले यो योजना ल्याइएको हो।

स्वयंसेवक परिचालन कार्यक्रम प्रदेश ४ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा शुुभारम्भ गर्दै यस्तो योजना र नीति ल्याउन लागेका हुन् ।

कार्यक्रममा मन्त्री लम्सालले प्रत्येक स्थानीय तहले यस्ता रचनात्मक कार्यक्रम सुुरु गर्ने हो भने रोजगारीका लागि विदेश जानुु नपर्ने बताउदै नेपालमा पनि आर्थिका रुपमा थुप्रै सम्भाव्यता भयको क्षेत्र हो यस्ता कार्यक्रमले प्रदेश ४ लाई पाँच वर्ष भित्रमा सम्रिद्दीको रुपमा पुर्याउने पनि बताय ।

गाउँपालिकाका ६ वटा वडाका १८ देखि ५५ वर्ष उमेर समूहका सबैलाई कार्यक्रममा समावेश गरेको छ।

पहिलो चरणमा ६ सय युुवालाई स्वयंसेवी नियुुक्त गर्ने तयारी गरे पनि ३ सय ५७ युुवाले रोजगारीका लागि आवेदन दिएका थिए।

उनीहरूलाई मासिक ६ हजार रुपैयाँ तलब दिएर नियुुक्त गर्न लागिएको छ। उनीहरूलाई सिकर्मी, डकर्मी, मिस्त्री, प्लम्बिङ, पाइपलाइन, बाटो मर्मत, स्वास्थ्य, खेलकुुद, एकेडेमी, नाच, गायन, नाटक, होटल व्यवस्थापन, शिक्षा, कृषि, परम्परागत बास र काठका सामग्री बनाउने तालिम दिइनेछ।

तीन महिनासम्म तालिम दिएपछि काममा परिचालन गरिने गाउँपालिकाका अध्यक्ष राज पौडेलले जानकारी दिए।

गाउँपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, सडक, हाउजिङजस्ता क्षेत्रमा युुवालाई परिचालन गर्ने योजनाअनुुसार स्थानीय स्तरमा रोजगारी दिने कार्यक्रम ल्याएको जनाइएको छ।

त्यस्तै, महाशिला गाउँपालिकाभित्रका ६ वटै वडाका जनप्रतिनिधिलाई पनि अनिवार्य रूपमा श्रममा लगाउने तयारी पनि भएको छ। कार्यक्रमका लागि पहिलो चरणमा ९३ लाख रुपैयाँ खर्च हुने देखियको छ।

Naumule Badhipahiro