Gold
Bangad salyan

पेरिसडाँडा एक दिन रमझम अब पुन: सचिवालय बैठक वालुवाटारमा आजको बैठक स्थगित ,

असोज ५ ,काठमान्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आजलाई तय गरिएको सचिवालय बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक मंगलबार दिउँसो १२ः ३० बजे बस्ने गरी स्थगित भएको बताईएको हो।

नेकपाको कार्यकारी अधय्क्ष प्रचण्डले पाए लगतै नेकपाको पहिलो बैठक हिजो आइतबारबाट पेरिसडाँडामा सुरु भएको थियो।

बैठकमा मन्त्रिमण्डल पुर्नगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको थियो ।

तर एक दिनको रमझमपछि पुन: सचिवालय बैठक वालुवाटारमा बस्ने नेकपा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।