Gold
Bangad salyan

दशैमा घर फर्किने भन्दा भारत जानेको संख्या तीन गुणा बढी ,

असोज ७ ,काठमान्डौ – दशैमा घर फर्किने भन्दा भारत जानेको संख्या तीन गुणा बढी देखीएको छ । सुदुरपस्चिम गौरीफन्टा नाकामा नेपालबाट भारत जानेको संख्या तेन्बर देखिन्छ ।

गत वर्ष जस्तो दशै मनाउन स्वदेश फर्किनेको लहर देखिन्थ्यो यो वर्ष भने भारत जानेको भिड नाकामा देखिने गरेको छ । कोरोना महमारीले नेपालमा छाक् टार्न र परिवार पाल्न गारो भएपछि भारत जानुपरेको उनिहरु बताउछन ।

विश्वमा फैलिरहेको कोभिड १९ का कारन लाखौंको संख्यामा नेपाल भित्रिएपनि अहिले जानेको संख्या तेस्को तेब्बेर छ अहिले जानेमा कहिले भारत नगएका समेत छन ।

नेपाल सरकारले स्वदेशमा रोजगारिको कुनै विकल्प नदिन सकेको र आम नेपालीहरुलाई छाक टार्न गारो भएको उनिहरुले गुनासो पोखेका छन ।

तेस्तै नेपाल्गन्ज रुपैडिहा नाकामा पनि दैनिक जस्तो भारत जानेको संख्या तेब्बर देखिन्छ ।नेपाल भारतका सिमानाकामा नेपाल आउने भन्दा जानेको संख्या बढेको पाईएको छ ।