Gold
Bangad salyan

एकै घरका ९ जनाको मृत्युपछि दागबत्ती दिने कोहि भएन सामुहिक दाहसंस्कार,स्याङ्जा पहिरो ,

असोज ९ ,स्याङ्जा -स्याङ्जाको वालिङ नपा १४ तमादीमा हिजो बिहिबार पहिरोमा परि एकै घरका ९ जनाको मृत्यु भएपछि सामुहिक दाहसंस्कार गरिएको छ।

उनीहरुको स्याङ्जा र पाल्पाको संगमस्थल रामनदी धामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।

९ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको थियो।

पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए ।

एकै घरका ९ जनाको निधन भएपछि दागबत्ती दिने कोहि पनि नहुँदा नजिकका आफन्तले दागबत्ती दिएका छन्।

पहिरोमा परेकी एक १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरिएको थियो ,उनको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।

मनिषा लाई उपचारमा लाग्ने सबै खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।

एकै घरका ९ जनाको पहिरोमा परेर निधन भयो हामि सारा गाँउनै शोकमा छौ मृतक सबैमा हार्दिक श्रदान्जली तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना सहित नगरपालिकाले एक विज्ञप्ति जारी गरेको छ ।