Gold
Bangad salyan

सम्झना विकको हत्यारा सार्वजानिक ,

असोज १३ ,बझाङ — बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना विकको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बलात्कार हत्या आरोपमा संलग्‍न रहेको भन्दै प्रहरीले मष्टा गाउँपालिका-२ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो।

गत ७ असोजमा मष्टा गाउँपालिका-२ खिकालाकी सम्झनाको बलात्कारपछि हत्या भएको थियो ।

घाँस काट्न निक्लेकी सम्झनाको शव स्थानीय सिममन्दिरभित्र अर्धनग्‍न अवस्थामा फेला परेको थियो।

गत साउन महिनामा पनि सम्झनाको हत्याराले एक १४ वर्षकी बालिकालाई बलात्कार गरेको घटना बाहिरिएको थियो। घटनालाई गाउँका पन्चायतले छलफल गरि रु ५०० जरिवाना गरेर मादी मग्न लगाई छोडियको थियो।

ठिक एक महिनापछि राजेन्द्र बोहोराले सम्झनालाई बलात्कार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपि रुपक खड्काले बताए ।