नेपालमा कोरोना संक्रमितको डर आज एकैदीन ४,३६४ जना फेला ,
असोज २२ ,काठमान्डौ – आज देशभर थप ४,३६४ जना नयाँ कोरोना संक्रमित संख्या फेला परेको छ। आज देशभर सक्रिय कोरोना संक्रमणको संख्या २६६८४ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ।
जसमा संस्थागत आईसोलेसन्मा ११७१७ र होम आईसोलेसनमा १४९६७ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो समय ,१८४७३ जनाको पीसीआर परिक्षण भएको छ। तेस्तै गत २४ घन्टामा २६७५ जना निको भएपछि हाल सम्म कुल ७१३४३ जना कोरोना संक्रमित निको भएको मन्त्रालयका जगेस्वर गौतमले बताए।
तेस्तै गत २४ घन्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ , यो संगै कोरोनाबाट निधन हुनेको संख्या ५९० पुगेको हो। हाल देशभर ४४६०, जना देशका क्वारिन टिनमा रहेका छन्।

