कर्णालीका मुख्यमन्त्रीले गुलाबजङ्गलाई प्रमुख सचेकबाट हटाए ,
असोज २६ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।
कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका हुन् ।
मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् ।
हिजो आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए ।जसमा पुर्वएमाओवादीका तिन सांसद रहेका छन्।