Gold

गगन थापाको जवाफ ओलीले यसरि दिय , भारतसँग माफी मागेको छु र घुँडामा भ्वाङ पर्नु ?

Naumule Migrate

जेठ, १ – २ दिने नेपालको राजकीय भ्रमण गरेर गयका भारतीय प्रधानमन्त्री मोदीको बारेमा नेपालि राजनीति तथा सामाजिक संजालमा विभिन्ना टिका टिप्पणी गरियको छ।

राजकीय भ्रमणमा रहेर तिर्थ यात्रा गरि भारत फर्केका मोदीको बारेमा भने नेपाल सरकारले उनको भ्रमण नेपालको हितको लागि भयको जानकारी गरेको छ।

यसै बीच सोमबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद गगन थापाले ‘हिजो भारतसँग कुराकानी गर्नुपर्छ । भन्दा सत्तामा बस्नेहरुले घुँडा टेक्यो, घुँडामा घाउ भयो’ भनेका केपी ओली आफैंले जिम्मा लिएर ‘अब भारतले नाकाबन्दी हुँदैन।’ भन्दा सरकारको घुँडामा भ्वाङ पर्‍यो कि परेन भनी प्रश्न गरेका छन् ?

यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भारतलाई नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डतालाई सम्मान गर्छौ भन्न लगाएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि आफूले नेपालको हितलाई केन्द्रमा राखेर दृढतापूर्वक आफ्ना कुराहरु राखेको बताए ।

मंगलबार युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुको बोलाइ म सुन्दैछु, घुँडामा भ्वाङ पर्‍यो होला … (हाँस्दै) मैले हजुर, यसपल्ट संविधान संशोधन सकिन । अर्का पल्ट गर्छु माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्नलाई ?’

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको विषयलाई लिएर विरोध गर्नेहरुको मानसिकता नै विरोधले ग्रस्त गरेको आरोप लगाए ।

राष्ट्रवादको नाममा भारतविरुद्ध उफ्रिरहन्छन् भन्ने भ्रम भएको भन्दै उनले भने, । ‘भारतका विरुद्ध उफ्रन होइन,। नेपालको हितको रक्षा गर्ने हाम्रो काम हो ।

’ भारत, चीन सबैसँग सुमधुर सम्बन्ध राखेर विकासमा सहयोग लिने उनले बताए ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादीसँग निकट भविष्यमै पार्टी एकता हुने बताए ।

दुई पार्टीबीच फाटो आएको भनेर दुईतिर फर्किएको फोटो राख्नेहरुलाई जवाफ दिने गरी छलफल भइरहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि भोलि हुने वालुवाटार वार्तामा आउन पनि संचारकर्मीहरुलाई आग्रहसमेत गरेका छन् ।

Naumule Badhipahiro