ट्रकको ठक्करबाट बालकको मृ,त्यु,स्थानीयले गरे राजमार्ग अवरु,द्ध

३ मङ्सिर,धादिङ – दिउँसो साढे तीन बजेतिर काठमाडौंट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्वरको ट्रकले धुनीवेशी ७ का स्थानीय रितेश तामाङलाई ठ,क्कर दिँदा तामाङको घट,नास्थलमै मृ,त्यु भएको थियो। त्रिभुवन राजपथको नागढुङ्गा नौविसे सडकखण्ड अन्तरगत खानीखोला बजारमा मालवाहक सवारी साधनको ठक्करबाट एक स्थानीय बालकको मृ,त्यु भएपछि राजमार्ग दुवै तर्फ बन्द भएको छ।

स्थानीय बालकको मृ,त्यु भएपछि चालकलाई कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग दुवैतर्फ बन्द गराएका छन्। राजमार्गमा सय भन्दा बढी स्थानीय जम्मा भएर विरोध प्रदर्शन गरिरहेकाले खुलाउन प्रहरीले पनि सकेको छैन। घट,नापछि ट्रकका चालक र सहचालक इलाका प्रहरी कार्यलय खानीखोलाको नियन्त्रणमा रहेका छन्।

डेढ घण्टा भन्दा बढी सवारी आवागमन ठप्प भएपछि राजधानी भित्रिने र बाहिरिने सवारी साधनको दुवैतर्फ लामो जाम देखिएको छ। इलाका प्रहरी कार्यालय खानीखोलाको टोलीले पी,डित पक्षहरुलाई आन्दोलन नगर्न आग्रह गरेको भएपनि स्थानीयले राजमार्ग अवरु,द्ध गरिरहेका छन् ।