Gold
Bangad salyan

गोरखामा बस दुर्घटना २२ जना घाईते पाँचको अवस्था गम्भीर ,

पुष १ ,गोरखा- गोरखामा बस दुर्घताना हुँदा २२ जना घाईते भएका छन् । आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका,३ तान्द्राङमा रात्रि बस दुर्घटना भएको हो।

दुर्घटनामा ५ जना गम्भीर घाईते भएको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए ।

उनीहरुलाई उपचारको लागि काठमान्डौ लागिएको पनि उनले बताए, तेस्तै अन्य घाईते हरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।