Gold
Bangad salyan

केपी ओलीले म्यादी प्रहरी जस्तै केन्द्रिय सदस्य भर्ना गर्दैछन ,मन्त्रि प्रकाश ज्वाला ,

पुष २१ ,काठमान्डौ – केपी शर्मा ओलीले गरेको कु संसद् विघटनविरुद्द सल्यानमा आम जुलुस प्रदर्शन भएको छ। मंगलबार सल्यानको श्रीनगरमा राष्ट्रिय युवा संघ र अनेरास्ववियू सल्यानको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम विशाल जुलुस निकालिको हो।

जुलुसमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले आफ्नो मन्तब्य राख्दै अब समृद्धिको बाटोमा युवा जगरूप हुनेपर्ने बताए। ओली सरकारले संविधानको मर्म र भावना विपतिर अध्याधेस र संसद विघट्न गरेको बताउँदै त्यसका विरुद्ध युवाशक्ति सडकमा उत्रिनु परेको ज्वालाले बताएका हुन् ।

ओलीले सडकबाट म्यादी प्रहरी भर्ना गरे जसरी केन्द्रीय समिति विस्तार गरेको समेत उनले जिकिर गरे ,ओलीको पछि पद र लोभको लागि हिड्ने मानिसहरु नजिक छन् , ओली प्रतिगमनको बाटो हिडेको आम जनमानसलाई थाहा छ ,प्रतिपक्षदल लगायतले हामीलाई साथ् दिएको छ ,अझैपनि कतिपय पदको चाकरी गर्नेहरु केन्द्रिय सदस्य पाईन्छ भन्दै पछि लागेका छन् ज्वालाले भने।

नेकपाको आधिकारिक पार्टी हामि हौ ,चुनाव चिन्ह हाम्रो हो हामीले पाउछौ तेस्मा कुनै शंका मान्नु पर्दैन ,ओलीको पछि लाग्ने हरु कमेडी र टुक्का सुन्न जाने समेत गरेको उनले जिकिर गरे। तेस्तै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले संविधानका कुनै पनि धारामा प्रधानमन्त्रीले संसद विघट्न गर्ने अधिकार नदिएको बताए ।

प्रधानमन्त्रीले सिफासिर गर्ने र रास्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्ने त्यो दुई जनाको संविधान होईन ,ओली झुठ मात्र हैन अबुझ समेत छन् उनले संसद् विघटन गर्नको निम्तिनै पटक पटक अध्यादेश समेत जारि गरे ,पार्टी र जनताको चर्को दबाबपछि अध्यादेश फिर्ता गरेपनि ओलीले आफ्नो चरित्र अहिले देखाए सबैले झल्झल्ती देखेका छन् बस्नेतले रंग दर्पणलाई भने।

कार्यक्रममा नेकपाका केन्द्रिय केन्द्रीय परिषद सल्लाहकार समिति सदस्य उमाकान्त शर्मा, प्रदेश कमिटी सदस्य हरी केसी, युवा नेताहरु रमेश कुमार गौतम, तिलक भण्डारी, गणेश शाही, रमेश मल्ल लगाएतकाले आ आफ्नो भनाई राखेका थिए।