३६२ जनामा कोरोना संक्रमण पुष्टि
२५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४२८६ नमुना परीक्षण गर्दा १५९ महिला र २०३ पुरुषमा संक्र,मण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । उनीहरुमध्ये २ लाख ५७ हजार ९२८ जना संक्र,मणमुक्त भएका छन् भने १९१२ जनाको मृ,त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ४६८१ संक्रिय संक्र,मित छन् । उनीहरुमध्ये १३८९ जना होम आइसोलेसनमा छन् भने १८६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

