Gold
Bangad salyan

नगरपालिकाले ठेलागाडी उठाईदिएपछि मन्जरीलाई समाजसेवीको ५ लाख सहयोग ,

माघ २ ,काठमान्डौ – काठमान्डौको सुकेधारामा हिजो नगरपालिकाले मन्जु कुवँर क्षेत्रीको जिपिकोपार्जन गर्ने ठेलागाडा उठाएर लगेपछि उनि रुदै गरेको तस्विर कसैले क्यामेरामा कैद गरेको थियो।

सामाजिक संजालमा उनि रुदै गरेको तस्विर फेलापरेपछि पुर्व सचिव समाजसेवी भिम उपाध्याले सामाजिक संजालमार्फत सहयोगको अपिल गरेका थिए। समाजसेवी ईशा गुरुङ लगायतले अहिले सम्म उनलाई विभिन्न ठाँउबाट समाजसेवी मनकारीहरुले रु ५ लाख जम्मा गरिदीएका छन्।

आफ्नो कमाई खाने भाडो भनेको तेही ठेला भएको र ठेलापनि नगरपालिकाले जबर्जस्ति उठाईदिएपछि मन्जु रुदै गरेकी थिइन् ,उनले किनेको ठेलाको पैसा समेत अहिले तिर्न नसकेकी मन्जु बताउछिन ।

श्रीमानले दोश्रो बिहेगरेपछि ६३ वर्षीय मन्जरी सुकेधाराको सानो झुपडीमा बस्ने गर्छिन ,उनका ३ वटा छोरा भएपनि आफ्नै ढंगले बाँचीरहेका छन्।

ठेलागाडा टेकुमा लागेको र उनि ल्याउन गएपनि नगरपालिकाका कर्मचारीहरुले उनलाई नहेरेको समेत बताउछिन। अहिले मन्जरीलाई समाजसेवीले रु ५ लाख लक्ष्मी बैंकमा जम्मा गरिदीएपछि मन्जरीको अब बाँच्ने बाटो खुलेको छ