Gold

गोरे पक्राउ परेका होइनन , आत्मसमर्पण गरेका हुन् ,,

Naumule Migrate

जेठ ८ – ३३ केजी सुन प्रकरणले बदलिँदो समाज दङ्ग छ। , सारा दुनिया छक्क परेको छ ।, लामो समयबाट खोजि कर्यामा परेका चुडामणि उप्रेती गोरे आज पक्राउ परे ।
तर उनको भनाइ छ म निर्दोष छु , जतातै ३३ केजी सुनको मात्र चर्चा हुन थाल्यो ।, यहि काण्डले गर्दा अहिले सम्म ३ जनाको मृतु भैसकेको छ। , तेही भयर मैले पनि मेरो जीवन रक्षयाको लागि आत्मसमर्पण गरेको हु उनले भने।

मोरङ उर्लाबारी नगरपालिका ७ स्थायी घर भएका ३७ वर्षीया गोरे गौरीघाटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छानबिन समितिको दाबी छ।

उता गोरेले आत्मसमर्पण गरेको एक निवेदन सार्वजनिक भएपछि भने छानबिन समितिको दाबीमाथि प्रश्न उठेको छ।

नेपाल मानवअधिकार संगठनमार्फत् गोरेले जीवन रक्षासहित आत्मसमर्पण गरेको पत्र सार्वजनिक भएपछि गोरे पक्राउको विषय पेचिलो बनेको हो।

गोरेले लेखेको आत्मसमर्पण पत्रमा थप लेखिएको छ, ‘मेरो जीवन रक्षाहोस्। कानुनलाई सघाउन तथा आफ्ना कुरा राख्न पाउँ भन्दै तपाईमार्फत् नेपाल मानव अधिकार संगठन समक्ष यो निवेदन गर्दछु। सुरक्षित रुपमा न्यायालयमा पुग्न सक्ने मिति, स्थान र समयको प्रबन्ध मिलाई दिनु हुन समेत अनुरोध गर्दछु।’

हेर्नुहोस उनको पत्र,,

Naumule Badhipahiro