Gold
Bangad salyan

५० वर्षीय मुख्यमन्त्री राईले २३ वर्षीय शेर्पासँग विहे गर्दै ,

माघ ३ ,काठमान्डौ – प्रदेशन १ का मुख्यमन्त्री शेरधन राईले ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका छन् । ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लागेका हुन्।

मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो।मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्।

उनका बाबु–आमा भने अमेरिकामा छन्।केहि महिना अगडीभने शेरधन राई र बालिका खड्काको सम्बन्धबारे सामाजिक संजालमा निकै विवाद उत्पन्न भएको थियो।

बालिका खड्काले शेरधन राई आफ्नो श्रीमान् भएको समेत बताउदै आएकि थिइन्। खड्काले राई आफ्नो श्रीमान् भएको र आफुले अंशदाबी गर्दै काठमान्डौ जिल्ला अद्लातमा मुदा समेत दर्ता गरेकी थिइन्।

सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा तत्कालिन समयमा मिस मंगोल नेपालमा सहभागी हुन आउँदा १९ वर्ष हाराहारीकी थिइन्।

‘मिस मंगोल नेपाल, मिस ई-कलेज प्रतियोगितामा भाग लिन आउँदा ज्याङ्मु शेर्पा करिब १९ वर्षकी थिइन्’, आयोजक सिजन मिडियाका प्रमुख प्रदीपराज वन्तले भने, ‘अहिले त्यहीँ २२-२३ वर्षभन्दा बढी भएकी छैनन्।’प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन्।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।