भित्रियो नेपालमा नयाँ जातिको यूके भेरिएन्ट कोरोना के हुन्छ यसको असर ,
माघ ५ ,काठमान्डौ – बेलायतबाट फर्केका तिन जनामा नँया खालको कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वस्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले आज एक विज्ञप्तिमार्फत बेलायतबाट फर्केका ३ जनामा यूके भेरिएन्ट (बी.१.१.७) कोरोना भाइरस पुष्टि भएको बताएका हुन् ।
मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा यो नयाँ प्रकारको कोरोना पुष्टि भएको हो । तेस्तै ति मध्ये ६७ वर्षीय पुरुष अझै पोजिटिभ छन् भने अन्य दुई जना नेगेटिभ भएको पनि मन्त्रालयले जनाएको हो।
केहिदिन अगाडी मात्र बेलायतबाट आएका उनीहरुलाई निगरानीमा ६ जनाको नामुमा संकलन गरिएको थियो ,जसमा ३ जनामा यस्तो भाईरस फेला परेको हो। उनीहरुको नमुना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएकोमा माघ ५ गते रिपोर्ट आएको थियो ।
नेपालमा देखिएको नोवेल कोरोना भाईरस भन्दा बिरामीलाई थप जटिल बनाउने बी–११७ ले अन्य कोरोना भईरस भन्दा ७० प्रतिशत संक्रमण गर्ने विज्ञहरुको सुझाव छ। जोन हप्किन्स विश्वविद्यालयको कोरोना ट्र्याकरअनुसार यो भाइरस विश्वका करिब ३ दर्जन मुलुकमा फैलिसकेको छ । यो भाइरसले अन्य कोरोना भाइरसको तुलनामा संक्रमितलाई पार्ने असरबारे थप अध्ययन भइरहेको विज्ञहरुले बताएका छन् ।