Gold

प्रचण्डले केपी ओलीलाई भने भेडोको बधानमा हिड्ने भ्या भ्या गर्ने ,

Naumule Migrate

माघ ५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली खलनायक भएको बताएका छन् ।

महिला संगठनले राजधानीमा सोमबार आयोजना गरेको भेलामा सम्बोधन गर्दै प्रचण्डले ओलीलाई भेडाको संज्ञा दिएक हुन् ,प्रतिनिधिसभा विघटनका विषयमा जनतालेनै फैसला सुनाउने बेला आएको छ ,ओली भेडा हुन् हामि सिंह हौ दाहालले भने।

प्रचण्डले भेडा र सिंहको कथा सुनाउदै अगाडी भने भर्खर जन्मेको सिंहको बच्चा आफ्ना आमाबाट छुट्टिएर भेडाको बथानमा पुगेछ । आमा अन्तै कतै गएका बेलामा । त्यो सानो सिंहको बच्चा त आज पनि भेडाको बच्चासँग हिँड्न थाल्यो । जमातमा हिँड्दा-हिँड्दै सिंह पनि भेडोभेडो हुन थाल्यो ।

त्यसले पनि घाँस खान थाल्यो । भेडा जसरी भ्याभ्या गर्न थाल्यो । त्यसपछि एकदिन साँच्चै उसको आमा आएर हेर्दा त शरीर त सिंह भयो । बुद्धिचाहिँ भेडाको भयो । सिंह जसरी गर्जिनुपर्नेमा भेडा जसरी भ्याभ्या गर्‍यो ।

अर्को सिंहले सिंह त भेडो जस्तो छ भनेर दंग परेछ । सिंह त भेडो भएको मन परेन । अनि त्यो सिंहले भेडो भएको सिंहलाई ल्याउँछ । भेडो खाने भन्दा उसलाई सिंह भेडो भएको मनपर्दैन । उसलाई समातेर ल्याउँछ र त सिंह हो नि किन भेडोजस्तो गरेको भनेर पानीमा अनुहार देखाइदियो ।

अनि अनुहार हेरेपछि त्यसले आफू सिंह रहेको थाहा पाउँछ । र बेसरी गर्जिन्छ । हामीले केपी ओली जस्तो भेडो संग केहि वर्ष संगत गरेका रहेछौ ,ओलीले हामीलाई आफु जस्तो भेडो नसोचे हुन्छ ,एकपटक आफ्नो अगाडी ऐना राखेर हेर्दा हुन्छ हामि सिंह हौ भेडा हैनौ।

तेस्तै काठमान्डौमा भोलि महिलाहरुको मात्र जुलुस, पर्सि मोटरसाइकल र्‍याली, ९ गते देशभरका साथै काठमाडौंमा विशाल प्रदर्शन गरिने पनि प्रचण्डले बताए। ९ गतेको प्रदर्शनभने सिंह जस्तो गर्जीएर हुने दाहालले बताए।

Naumule Badhipahiro