Gold

प्रधानमन्त्री र रास्ट्रपतिलाई महाभियोग लगाउने जसपा अध्यक्ष यादवको भनाई,

Naumule Migrate

माघ ७ ,सप्तरी – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालि जनता र संविधानको हत्या गरेको बताएका छन्।

संसद विघटनको विरोधमा जसपा सप्तरीले बुधबार सदरमुकाम राजविराजमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओलीले नेपाली जनता र नेपालको संविधानको हत्या गरेका छन् ,अब उनको हालत अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै हुने बताएका हुन्।

जसरि अमेरिकाका रास्ट्रपति डोनाल्ड ट्रम्पलाई जाँदै जाँदै महाभियोग लाग्यो तेस्तै गरि केपी ओली र रास्ट्रपति विद्यादेवी भण्डारीलाई पनि महाभियोग लाग्ने यादवले बताए।

पछिल्लो कडीका रुपमा ओलीले संविधानमाथि प्रहार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लागेकोले उनलाई पनि महाभियोग लाग्ने उनले बताए।

तेस्तै ओलीले संसद विघटनलाई सदर गराउन सर्वाेच्चलाई धम्क्याउने काम समेत गरेका छन्। केपी ओली जनताका नोकर हुन् ,संसदलाई थर्काउन मिल्दैन ,आफूहरु सर्वाेच्चलाई सम्मान गर्ने गरेको र सर्वाेच्चले सही निर्णय गर्ने विश्वासमा अरहेको अध्यक्ष यादवले बताए ।

केपी ओलीले संवैधानिक व्यवस्था र राजनीतिलाई लुडो र सर्पको खेल जस्तो गराईरहेको समेत बताए।

 

Naumule Badhipahiro