संसद विघटनको विरोधमा कांग्रेसले आज ६,७४३ वडामा विरोध गर्ने ,
माघ ८ ,काठमान्डौ – काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संविधानिक कदम संसद विघटनको विरोधमा प्रतिपक्षदल नेपालि कांग्रेसले आज वडामा विरोध गर्ने भएको छ।
कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा वोरोध गर्ने भएको हो। केपी ओलीले नेपालि जनताको संघिय गणतन्त्र लोकतन्त्रमा हमला गर्दै गत पुष ५ गते संसद विघटन गरेपछि नेकपा अहिले दुईधार बनेको छ।
वडा स्तरीय प्रदर्शनमा घर घरबाट सहभागिता जनाउन नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बताए। नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो।
।

