Gold
Bangad salyan

प्रतिगमनकाविरुद्द युवासंघले पेरिसडाँडाबाट उडाएको कालो बेलुन वालुवाटार पुगेपछि खैलाबैला ,,

माघ ८ ,काठमान्डौ – राष्ट्रिय युवा संघ नेपाल केपी ओलीको असंवैधानिक संसद विघटनविरुद्द पेरिसडाँडाबाट कालो बेलुन उडाएर विरोध गरेको छ। संघले संसद विघटन गर्न पाईदैन ,बयलगाढा चढेर गणतन्त्र आएको हैन ,निरंकुशता चाहिदैन लेखको ब्यानर सहित काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेको हो।

तेस्तै केपी ओलीको कदमविरुद हिजो प्रचण्ड – नेपाल समूहले राजधानीमा बाईक र्याली गरेको थियो ,भोलि ९ गते रत्नपार्कमा समूहले विशाल आमसभा गर्ने भएको छ।

पेरिसडांडामा कालो बेलुन उडाएपछि प्रधानमन्त्री ओलीले आफुहरुले कालो झन्डा र बेलुन नउडाउने बताएका छन्। बिहीबार आफु निकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पेरिसडाँडामा कालो बेलुन उडाएको भन्दै आफुहरुले नेपालि झण्डा र रातो झन्डा उडाउने बताएका हुन्।

तस्विर : धिरज उपरकोटी