Gold

केपी ओलीको नौटंकी सिंहदरबारबाट पूर्वलडाकुलाई गिरफ्तारी गर्न लगाउने ओली अहिले छलफलमा जुटे ,

Naumule Migrate

माघ १० ,काठमान्डौ – प्रतिगमनकारी केपी शर्मा ओलीले आफुलाई सत्यसावित गर्न र कुर्सि बचाउने दाउमा पूर्वएनेकपा माओवादीका लडाकुहरुसंग छलफल गरेका छन्।

तर तिनै पूर्वलडाकुहरुले लडेर ल्याएको संघिय लोकतान्त्रिक गणतन्त्रमा केपी ओलीले कु गरेर विघटन गरेका छन्।

बामगठबन्धन बाट सरकार निर्माण गरेका केपी ओलीले सरकारमा पुगेपछि तिनै पूर्वलडाकुहरुलाई सिंहदरबारमा समेत पस्न दिएनन।

,पूर्वलडाकुहरुले आफ्नो हक अधिकार र अपांगता लडाकुहरुले उपचार गरिदिन र परिचयपत्र माग्दा समेत ओलीले वालुवाटारको गेटमा प्रवेश दिएनन ,।

सिंहदरबार अगाडी आन्दोलनमा उत्रेका पूर्वलडाकुहरुलाई केपी शर्मा ओलीले जबर्जस्ति गिरफ्तार गरि प्रहरीचौकीमा समेत बन्द गरिदीए ।

तर आज आफ्नै पार्टी, जनताबाट एक्लो भएका केपी शर्मा ओलीले अहिले आफुलाई बचाउन लडाकुहरुको नाम पुकारेका छन्। तानाशाही प्रवृतिका केपी ओलीले संसद विघटन गरेपछि अहिले उनको देशभरबाट आन्दोलन भईरहेको छ।

सिंहदरबार र वालुवाटार पूर्वलडाकुलाई प्रवेश गर्न नदिने ओलीले अहिले आएर लडाकुहरुसंग छलफल गर्न थालेका छन् भने उनीहरुको माग पुरा गर्न तत्पर रहेको बताएका छन्।

नेपाली जनतालाई पकट – पटक धोका दिने रास्ट्रघाति काम गर्ने ओलीले अहिले पनि नेपालको संविधान विपरित कु गरेका छन्।पूर्वलडाकुले १० वर्ष जनयुद्द लडेर ल्याएको संघिय गणतन्त्र धोस्त पार्ने ओली आफुलाई अफ्टेरो परेपछि अहिले लडाकुहरुलाई दया देखाउन थालेको छन्।

ओलीको रुप सबैलाई थाहा छ हामीलाई छलफलमा बोलाएपछि हामि पुगेका हौ ,केहि छलफल भयो एक लडाकुले भने अब पहिले जस्तो हजुरहरुलाई धोका
हुँदैन ,ढुक्क हुनुहोस तपाईका माग पुरा हुने छन् ओलीले भनेको उनले बताए।

Naumule Badhipahiro