Gold
Bangad salyan

पक्राउ परेका प्रचण्ड – नेपाल समूहका अस्टलक्ष्मी शाक्यसहित ६८ जना रिहा ,

माघ २२ ,काठमान्डौ – नेकपा प्रचण्ड – नेपाल समूहका अस्टलक्ष्मी शाक्यलाई प्रहरीले रिहाई गरेको छ ,शाक्यलाई आन्दोलनबाट बिहान कलंकीबाट पक्राउ गरेको थियो।

तेस्तै शाक्य सहित प्रचण्ड – नेपाल समूहका ६८ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ गरिएका सबैलाई महानगरीय शास्त्र प्रहरीगण महाराजगंजमा राखीएको थियो।

पक्राउ परेका सबैलाई साँझा ६ बजेतिर प्रहरीले रिहाई गरेको थियो। रिहाई हुने सबैलाई नेता कार्यकर्ताले प्रहरीचौकीमा पुगेर खादा लगाई सम्मान गरेका थिए भने प्रधानमन्त्री केपी ओलीविरुद्द नाराबाजी गरेका थिए।