गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ब्याटिड्ग गर्दै मेयर रेणु दाहाल,
माघ २४ ,काठमान्डौ- गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनस्तरबाट सुरु हुँदै गरेको क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन भन्दै आज क्रिकेट प्रतियोगिता सुरु गरिएको हो।
आजै सम्पन्न हुने एक दिवसिय मैत्रीपूर्ण खेलको भरतपुर महानगरपालिका मेयर रेणु दाहालले ब्याटिड्ग संगै फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्धाटन गरेका हुन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि मेयर रेणु दाहालले विभिन्न तवरबाट सहयोग गरिरहेकी छिन भने देश तथा विदेशमा अरहने दाजुभाई हरुलाई सहयोगको अपेक्षा गरेकी हुन् ।
कार्यक्रममा खेलाडी तथा कलाकारहरूलाई माला लगाएर स्वागत गर्दै विजयको शुभकामना दिएकी थिइन् ।
उद्घाटन कार्यक्रममा महानगर उपप्रमुख पार्बती शाह ठकुरी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, खेलाडी र कलाकार हरूको सहभागिता रहेको थियो ।
कार्यक्रम गृष्म इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक गेहेन्द्र घिमिरेको व्यवस्थापनमा सम्पन्न भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणगर्न अहिलेपनि थुप्रै रकमको आवस्यक छ।

